देशकोशी प्रदेशखोटाङ र भोजपुर चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्डकाे कालोपत्रको ठेक्का तोड्ने निर्णय

खोटाङ र भोजपुर चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्डकाे कालोपत्रको ठेक्का तोड्ने निर्णय

सुनसरी / खोटाङ उच्च अदालतले मध्यपहाडी राजमार्ग अन्तर्गत भोजपुरको चखेवाभञ्ज्याङ – सेखुवा सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्ट्याएकाे छ ।

सम्झौता म्याद नाघेको पाँच वर्ष बित्दा समेत निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौंले सडक कालोपत्रको काम सम्पन्न नसकेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको थियो ।

ठेक्का तोड्ने निर्णय लगत्तै निर्माण व्यवसायी रिट हाल्न उच्च अदालत पुगेका थिए । उच्च अदालतबाट कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ आएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका इञ्जिनियर दिपेश मुनकर्मीले बताए ।

लामो समयसम्म सडक कालोपत्रको काम अलपत्र परेपछि निर्माण व्यवसायीबाट बाँकी काम सम्पन्न हुनसक्ने अवस्था नदेखिएको भन्दै कार्यालयले गएकाे गत जेठ १४ गते सार्वजनिक सूचना प्रकाशन गरेर ठेक्का सम्झौता अन्त्य गरेको जानकारी दिएको थियो ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाहीले २०७५ साल फागुन ३० गते सम्ममा सम्पन्न गर्ने गरी २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोस्राे म्याद २०७८ असार १३ र तेस्राेपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते नै नाघिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img