देशकोशी प्रदेशधरानमा डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, २ हजार ३५३ जना...

धरानमा डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, २ हजार ३५३ जना संक्रमित

सुनसरी / डेंगीका कारण सुनसरीको धरान उपमहानगरपालिकाम बढी प्रभावित बनेको छ । हालसम्म धरानमा डेंगुका कारण ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जना संक्रमित भेटिएका छन् ।

धरानमा डेंगु प्रकोपका रुपमा फैलिएको छ तर यस अघि पनि धरान डेंगु सक्रमणमा सुनसरी जिल्लाको अग्रणिपालिका थियो । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिएका छन् ।

परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । धरानका ४ वटा वडा डेंगुबाट बढी प्रभावीत बनेका छन । धरानका११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छन् तर यी वडामा जोडिएको वडामा डेगीको प्रभाव त्यस्तो धेरै देखिएको छैन ।

संक्रमण बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरेको छन भने बीपीमा डेङ्गुका लागि छुट्टै क्लिनिक पनि सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img