सुनसरी / पछिल्लो समय देशभर डेङ्गु संक्रमणको दर बढ्दो क्रममा भइसकेको बेला मोरङमा पनि दिनप्रतिदिन डेङ्गु रोगका बिरामीको संख्या बढिरहेको छ ।
मोरङमा असार यता करिब ९ सय डेङ्गुका बिरामी भेटिएका छन्। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना बढिमा डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् ।
पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना बढिमा रोगका बिरामी फेला परेका छन् । यसैगरी, लेटाङ, मिक्लाजुङ, केराबारी, कानेपोखरी, सुनवर्षी र बेलाबारी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् ।
मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको छ । तर, डेङ्गुका कारण कसैको मृत्यु भने भएको छैन् ।