Wednesday, February 12, 2025
देशकोशी प्रदेशविराटनगरका रोहित चौधरीको हत्या गर्ने दुई जनालाई पक्राउ

विराटनगरका रोहित चौधरीको हत्या गर्ने दुई जनालाई पक्राउ

सुनसरी / धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै गत साउन ५ गते विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विराटनगर-५ घर भएका चौधरीको सेउती पुलमा गोली प्रहार गरी हत्या भएको थियो । गोली हानी फरार रहेका दुई जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी बुधबार सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका-१ का ३५ वर्षीय दिपक तिमिल्सिना र धरान-१० का ३४ वर्षीय अनसन राई रहेका छन् । पक्राउ परेका उनीहरुले श्रावण ५ गते साँझ धरानबाट इटहरी जाँदै गरेको को. ३२ प १७९६ नम्बरको मोटरसाईकल रोकेर मोटरसाईकलमा सवार रहेका चालक २८ वर्षीय रोहित चौधरी र विराटनगर ३ की सुमना खत्रीलाई पेस्तोल र खुकुरी देखा्रएर लुटपाट गर्न खोजेका थिए ।

जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी उनीहरु फरार भएका थिए । कोखामा गोली लागेर गम्भिर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटना अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहसहितको संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो ।

आफ्नो २८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा रोहितमाथि चारकोसेस्थित सेउती खोलाको पुल नजिकै गोली प्रहार गरी हत्या गरिएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस