Friday, December 6, 2024
देशकोशी प्रदेशसुनसरीमा ७ हजार बढीमा डेगीं संक्रमित, धरानमा मात्रै ५ हजार बढी

सुनसरीमा ७ हजार बढीमा डेगीं संक्रमित, धरानमा मात्रै ५ हजार बढी

सुनसरी / देशैभर महामारीको रुपमा फैलिएको डेङ्गीको संक्रमण सुनसरी जिल्लामा मात्रै ७ हजार बढीमा देखिएको छ । इपिडिमियोलोजी महाशाखाका अनुसार धरानमा मात्रै डेगी संक्रमितको संख्या ५ हजार भन्दा बढी छ भने देशभर १३ हजार दुई सय ९२ जना डेगीमा बिरामी छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।

डेङ्गुको सङ्क्रमणबाट हालसम्म सुनसरीको धरानमा मात्रै १० जनाको मृत्यु भइसकेको छ । दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्ने र सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम महाशाखाको भनाई छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img