Saturday, March 22, 2025
देशकोशी प्रदेशविराटनगरमा तरबार प्रहार गर्ने दुई जना पक्राउ

विराटनगरमा तरबार प्रहार गर्ने दुई जना पक्राउ

सुनसरी / विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर- ६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधवार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय मोहम्मद हलिम गम्भीर घाइते भएका थिए । उनको दुवै हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर-१० सन्सारीमाईस्थान नजिकै सोमबार दिउँसो करिब साढे २ बजेतिर तरबार प्रहार गरिएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img