Monday, February 17, 2025
देशकोशी प्रदेशवृक्षारोपणमा जग्गाधनीले अवरोध गरेको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

वृक्षारोपणमा जग्गाधनीले अवरोध गरेको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो व्यक्तिगत जग्गामा वृक्षारोपण गर्न नदिने जग्गाधनीविरुद्ध दुर्व्यवहार कसुरमा उजुरी दर्ता गराएका छन् ।

अदालतको आदेशका आधारमा जग्गा आफ्नो भएको बताई आदेशको प्रति देखाएरै आफ्नो जग्गामा सार्वजनिक प्रयोजनका लागि वृक्षारोपण गर्नबाट रोक्ने रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

केही दिनअघि दलबलसहित अधिकारी दम्पतीको जग्गामा वृक्षारोपण गर्न गएका मेयर साम्पाङलाई अदालतको आदेश देखाएर अधिकारी दम्पतीले वृक्षारोपण गर्न रोकेका थिए ।

त्यस क्रममा मेयर साम्पाङले अदालतको पत्र आफूलाई नदेखाउन भन्दै वृक्षारोपण गर्न नदिए घर भत्काइदिने धम्की अधिकारी दम्पतीलाई दिएका थिए ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अधिकारी दम्पतीविरुद्ध मेयर साम्पाङका तर्फबाट उजुरी दर्ता भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img