Saturday, December 7, 2024
देशकोशी प्रदेशधरानमा २४ घण्टाका लागि निषेधाज्ञा जारी, र्‍याली प्रदर्शन नगर्न सुचना

धरानमा २४ घण्टाका लागि निषेधाज्ञा जारी, र्‍याली प्रदर्शन नगर्न सुचना

सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको सकेको छ ।

निषेधाज्ञा जारी भएसँगै अब धरान प्रवेशमा कडाइ गरिने भएको छ । धरानमा प्रवेश गर्ने मुख्य नाकामा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरी सताकर्ता अपनाइने भएको छ ।

धरानमा शनिबार हिन्दु समर्थकले वृहत् प्रदर्शन गर्ने भएका छन् । खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दु पक्षधरहरूबीच आरोप, प्रत्यारोप , विभिन्न धार्मिक व्यक्तिहरूले भोलि शान्तिपूर्ण र्‍याली प्रदर्शन तय भएको छ ।

उक्त प्रदर्शनबाट साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । उनले जातीय र धार्मिक आन्दोलन गरी सामाजिक सदभाव भडकाउने जो कोहिलाई पनि पक्राउ गरी कारबाही गर्ने बताइन्। धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।IMG 20230825 210344

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img