मकवानपुर: हेटौंडामा असोज १३ गतेबाट तेस्रो मिस्टर मकवानुर हुने भएको छ । पत्रकार समेलन गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरले मिस्टर मकवानपुर आयोजना गर्न लागको जनाएको छ ।
मकवानपुर जिल्ला भित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जना प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको आयोजकले समुहले जानकारी दिएको छ । आयोजक अध्यक्ष राजेश भेटवालले प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीय ५०, तृतीय ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न तौल समूहमा प्रथम हुनेलाई जनही नगद दश÷दश हजार रुपैयाँ तथा महिलाहरु एउटै समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा धेरै खेलाडी सहभागी गराउने क्लबलाई उत्कृष्टका रुपमा नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ ।
प्रतियोगिताको समापन समारोहमा खेल, पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउनेलाई एक÷एक जनालाई सम्मानित गरिने आयोजकको तयारी छ । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट आयोजकले सहयोग प्राप्त हुने अपेक्षा गरेको छ ।