Friday, February 14, 2025
देशकोशी प्रदेशधरानको निषेधाज्ञा हटिसक्यो

धरानको निषेधाज्ञा हटिसक्यो

सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा जारी गरेको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।

शुक्रबार जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धरानमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा खुलेसँगै बजार पसल लगायत यातायातका साधन बिहानैबाट चल्न थालेका छन् । यससँगै जनजीवन सामान्य बनेको छ । सामाजिक सञ्जालमा आएका विषयहरू प्रहरीको अनुसन्धानकै क्रममा रहेकोले आवेगमा आएर प्रदर्शन नचर्काउन प्रशासनले सबैमा आग्रह गरेको छ ।

शनिबार धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै शनिबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व मेयरदेखि अहिलेका मेयर हर्क साम्पाङ राई, विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन्

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img