सुनसरी / इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको दर घटाउन प्रतिनिधिसभा सदस्य अशोक चौधरीले माग गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चौधरीले करको दर घटाउन भएको आन्दोलनमा उपमहानगरपालिकाले बेवास्ता गरेको बताए ।
प्रतिनिधि सभाको आज मङ्गलवार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले इटहरी उपमहानगरपालिकाले नागरिकको ढाड सेक्ने गरी कर बढाएको भन्दै आवाज उठाएका हुन । बैठकमा चौधरीले उपमहानगरपालिकाले बढाएको करको चौतर्फी विरोध हुँदा समेत स्थानीय सरकार मौन बसेको आरोप लगाए ।
३१६ प्रतिशत भन्दा बढी कर बढेको बताउँदै सङ्घीय संसदमा उपमहानगरको कर बारे जानकारी गराएका हुन् । इटहरीबाटै प्रतिनिधित्व गर्ने सांसद चौधरीले लम्पीस्कीन रोगको बारेमा समेत सरकारको ध्यानाकर्षण गराए ।