Friday, February 7, 2025
देशकोशी प्रदेशभोलि देखि इटहरीका मुख्य सडकमा सिटी सफारी चलाउन नपाइने

भोलि देखि इटहरीका मुख्य सडकमा सिटी सफारी चलाउन नपाइने

इटहरी: भोलिदेखि इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा सिटी सफारी चलाउन नपाइने भएको छ ।

अत्याधिक सिटी सफारीहरुले दुर्घट्ना निम्त्याएकोले गर्दा मुख्य हाइवेमा भोलि देखि प्रतिवन्ध लगाउने गरी सिटी सफारीहरुले मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन् । बाटोमा जाम गरेको र दुर्घटना बढाएकोले इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका नगर-प्रमुख हेमकर्ण पौडेलले बताए ।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका बिच सहमति गरेर निर्णय भएको हो । इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको छ।

अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ । अब इटहरीमा अन्य पालिकाको सफारीहरु यात्रु पर्खेर बस्न पाउने छैनन् । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस