Friday, February 7, 2025
देशकोशी प्रदेशरास्वापाले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा गर्यो अन्तरक्रिया ,नागरिक समाज इटहरीको ध्यान...

रास्वापाले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा गर्यो अन्तरक्रिया ,नागरिक समाज इटहरीको ध्यान नगएको आरोप

सुनसरी / इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अवैज्ञानिक, अस्वभाविक, अत्यधिक बुद्धि गरिएको कर विरुद्ध आम इटहरी नगरबासीहरुले विरोध गरौं अवैज्ञानिक करबृद्धि विरुद्ध जनताको तर्फबाट दबाब अभियान गरि अत्यधिक बृद्धि भएको कर विरूद्र अन्तरक्रिया कार्यक्रम गरेको सचेन नागरिक इटहरीका अध्यक्ष हेमराज दाहालले बताए ।

उपमहानगरपालिका कर घटाउन तयार नभएको भन्दै पार्टीको इटहरी नगर कार्यसमितिले उपमहानगरपालिकाको कार्यलय अगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विगतमा करदाताले छुट्टाछुट्टै शीर्षकमा धेरै ओटा कर तिर्ने गरेकोमा यस वर्षदेखि त्यस्ता सबै करहरूलाई एकीकृत गरी एकै ठाउँमा तिर्ने व्यवस्था गरिएकाले पनि करको रकम बढी देखिनु स्वाभाविक भएको उनीहरूको भनाइ छ ।

इटहरीमा भएको कर वृद्धिको विषयमा इटहरीको नागरिक समाज मौन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाएको छ ।

रास्वपा नेता मनु मन्जिलले इटहरी उपमहानगरले जनतालाई ढाड सेक्नेगरी बढाएको भूमिकरको विषयमा नागरिक समाज मौन भएको आरोप लगाएका हुन् ।

आइतबार उपमहानगरअगाडि ‘सचेत नागरिक इटहरी’को ब्यानरमा गरिएको कार्यक्रममा मन्जिलले नागरिक समाजले सही समयमा सही आवाज उठाउन आवश्यक भएको बताएका छन्

इटहरीका बुद्विजीवीहरूसहितको उपस्थितिमा रास्वपाले कोणसभा आयोजना गरेको थियो । रास्वपाका स्थानीय तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसपछि हिजो नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको छ । नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् ।IMG 20230903 223645

रास्वपाले कर वृद्विको विरोध जनाउँदै गत साउन २५ गतेदेखि लगातार उपमहानगर अगाडि प्रदर्शन गरिरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस