इटहरी / सुनसरी जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । एन्फा सुनसरीको आयोजनामा हुने प्रतियायेगीताको संयोजक प्याब्सन सुनसरी रहेको हो ।
प्रतियोगितामा जिल्लाका ३२ स्कुल सहभागी छन् । जुन खेल प्रतियोगिता इटहरीको बुढा सुब्बा मैदान र वराहक्षेत्रको भलुवाचौरी खेल मैदानमा हुदै छ ।
पहिलो चरणको नकआउट इटहरी उपमहानगरपालिकाबाट १० वटा स्कुल, दुहबीबाट २ वटा झुम्काबाट ४ र गढी गाउँपालिकाबाट १ वटा स्कुल गरी जम्मा १६ वटा स्कुल बिचको खेल इटहरीको बुढा सुब्बा खेलमैदानमा भएको थियोे । आज हिमशिखर स्कुल र डिबिएम स्कुलको खेल भएको थियोे ।
धरानका ८ वटा स्कुल रामधुनीबाट ४ वराहक्षेत्रबाट ४ गरी १६ वटा स्कुल बिचको खेल वराहक्षेत्र नगरपालिकाको भलुवाचौरी खेलमैदानमा हुदै छ । प्रारम्भिक खेलहरू नकआउटको आधारमा हुनेछन् । नकआउटका विजेता टिमहरू धरानमा हुने दोस्रो चरणको लिग खेलका लागि छनौट हुने एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोसी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए ।
उनका अनुसार १६/१७ वर्षको किशोर अवस्थाका केटाकेटीहरू दुव्र्यशनी जस्ता कुलतमा फसेर गलत बाटोमा जाने भएकाले सही मार्गदर्शन, प्रोत्साहन प्रदान गर्न पनि प्रतियोगिता सुरु गरिएको बताए ।
एन्फा सुनसरी अध्यक्ष नवीन राईले खेलकुद जीवनको अभिन्न अङ्ग हो भन्ने कुरा विद्यालय स्तर देखि नै विद्यार्थीहरूलाई बुझाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार दोस्रो १५ हजार तेस्रो १० हजार चौथो पुरस्कार ६ हजार रहेको छ । व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलकिपर २ हजार, उत्कृष्ट, डिफेन्स २ हजार, उत्कृष्ट, मिड फिल्डर, २ हजार, उत्कृष्ट फरवार्ड २ हजार, उत्कृष्ट, प्रशिक्षक २ हजार, सर्वाधिक गोलकर्ता ३ हजार र प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी नगद ५ हजार प्रदान गरिने छ । फाइनल खेल असोज ५ गते हुने भएको छ ।



