सुनसरी / दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका ३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति निकिता चौधरीको हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
विराटनगर महानगरपालिका १७ मटेरुवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप उनीमाथि छ । उनले विवाहको बेलामा चौधरीसँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइतीपक्षको आरोप छ ।
हत्या भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुुनसरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।