Wednesday, February 12, 2025
समाजथकाइ लागेको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

थकाइ लागेको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आठौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो ।

‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको, कार्यालय सार्नेक्रममा गत शनिबारदेखि नै लगातार बिहानदेखि रातिसम्म कर्मचारी खटिएका रआज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका कारण थकित भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख टोकबहादुर वाइबाल जानकारी दिए ।

उनले बुधबार संविधान दिवसका अवसरमा सार्वजनिक विदा भए पनि दिनभर दिवस मनाउनेदेखि नयाँ कार्यालय सुभारम्भ गर्ने काममा जनप्रतिनिधि तथा कर्मचारी व्यवस्त भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस