बारा : बारामा मोटरसाईकल दुर्घटना हुँदा २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको कलैया-बिरगंज सडक खण्ड अन्तर्गत भलुही चोकनजिकै मोटरसाईकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका २३ वर्षीय हिरा पटेलका छोरा श्रीभगवान पटेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी बाराले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको र घटनाको बिस्तृत विवरण आउन बाकी रहेको बारा प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।