इटहरी उपमहानगरपालिका वडा नम्बर २० कार्यालयको आयोजना र युवा मिलन क्लबको सह-आयोजनमा इटहरी २० मा अवस्थित जनसहयोग माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर गरिएको छ । बिहानदेखि भएको स्वास्थ्य शिविरमा ११३ जनाले सेवा लिएका थिए । नव दृष्टी आँखा हस्पिटल इटहरीको सहयोगमा शिविर भएको हो । तस्बिर: सन्जिप तिम्सिना/ इन्फो नेपाल