Wednesday, February 12, 2025
देशकोशी प्रदेशइटहरीबाट १६ लाख नक्कली नोट सहित दुई जना पक्राउ

इटहरीबाट १६ लाख नक्कली नोट सहित दुई जना पक्राउ

सुनसरी / इलाका प्रहरी कार्यलय इटहरीले १६ लाख रुपैयाँ बढी नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

सङ्खुवासभा घर भएका विवेक राई र अजय राईलाई बिहीबार दिउँसो १ बजे इटहरी-६ हटिया लाइनबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरूको साथबाट १५ लाख ८३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको हो । घट्नाको पुष्टि गरेपछि विस्तृत विवरण पत्रकार सम्मेलन जानकारी दिने सुनसरी प्रहरीले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा यस्ता गिरोह सक्रिय हुने गरेका छन् । प्रायः नक्कली नोटको कारोबार गर्ने गिरोहले होटेल, रेष्टुरेन्टको बिल तिर्न, जुवा खेल्ने र लागूऔषध किन्न प्रयोग गर्ने गरेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस