Sunday, September 8, 2024
देशकोशी प्रदेशसुनसरीको बराहक्षेत्रमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ
spot_img

सुनसरीको बराहक्षेत्रमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजो प्रदेश १ – ०२-०५० प ६३०४ नम्बरको मोटरसाइकल र बीआर ०२ आर १९९४ नम्बरको जीपमा लैजाँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।

नियन्त्रणमा लिएको गाँजा, जीप, मोटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img