Sunday, April 27, 2025
पर्यटनइटहरीमा यहीँ असोज २० गतेदेखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव हुने
spot_img

इटहरीमा यहीँ असोज २० गतेदेखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव हुने

इटहरी / विकास–निर्माणकर्ताहरूको सञ्जाल इटहरीले स्थानीय उत्पादन तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिँदै ‘इटहरी सांस्कृतिक पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार भेटघाट गर्दै असोज २० देखि कात्तिक ४ गतेसम्म आँपगाछी चोकमा सञ्चालन हुने सो महोत्सव आयोजना गर्न राजु बस्नेतको संयोजकत्वमा मूल समिति बनाइएको संस्थाका अध्यक्ष विसुधन राईले बताए ।

मूल समितिअन्तर्गत आर्थिक, प्रचारप्रचार, स्वागत–सत्कार, सुरक्षा र समारोह व्यवस्थान गरी पाँच उपसमिति गठन गरि महोत्सवमा इटहरीको पहिचान झल्किने कृषि उत्पादन, सांस्कृतिक तथा पर्यटनसम्बन्धी प्रवर्धनात्मक गतिविधिलाई प्राथमिकता दिइने बताए ।

संयोजक राजु बस्नेतका अनुसार १५ दिने सो महोत्सवमा प्रत्येक दिन राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारका साथमा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने जानकारी दिए । स्थानीय जातीय सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिँदै हरेक दिन एक जातिको सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । महोत्सवमा सिलोक, बालन, साकेला, हुर्रा, झुम्रा, विरहन, धाननाच, उरावँ नाच आदि सांस्कृतिक प्रस्तुतिले प्राथमिकता पाउने छन् ।

महोत्सवस्थलमा लागुऔषध प्रयोगविरुद्ध सचेतना, जनजाति भेषभूषा प्रदर्शनी, लगायत २० वटा स्टलहरू रहने छन् । ५७ लाख ९० हजार रुपियाँ खर्च तथा टिकट बिक्री एवम् प्रायोजकबाट सङ्कलित गरी ६० लाख रुपियाँ आय हुने अनुमान गरिएको सो महोत्सवबाट नाफा भएको पैसा विपद् व्यवस्थापन कोष बनाएर राखिने संयोजक बस्नेतले जानकारी दिए ।

सो महोत्सवलाई इटहरी उपमहानगरपालिका इटहरी , इटहरी उपमहानगरपालिका २ नं. वडा कार्यालय , संगित साधना प्रतिष्ठान नेपाल ,तालतलैया विकास तथा संरक्षण समिति ,शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह , युथ क्लव आँपगाछीले संरक्षण गर्ने भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img