Saturday, April 19, 2025
समाजमकवानपुरमा एक हजार ३९ केजी गाँजा जलाएर नष्ट गरियो!
spot_img

मकवानपुरमा एक हजार ३९ केजी गाँजा जलाएर नष्ट गरियो!

मकवानपुर: मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको एक हजार ३९ केजी लागुऔषध गाँजा शनिबार जलाएर नष्ट गरेको छ। प्रहरीले असोज १० गतेसम्म बरामद गरेको गाँजा, चरेस, नाइट्राभेटलगायतका लागुपदार्थ जलाएर नष्ट गरेको हो।

गत भदौ २७ गतेदेखि असोज १० गतेसम्म बरामद गरेको एक हजार ३९ केजी गाँजा, २०४ ग्राम चरेस, ३.७४० ग्राम खैरो हेरोइन र एक हजार ४१ ट्याब्लेट नाइट्राभेट जलाएर नष्ट गरिएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीकाले बताए ।

WhatsApp Image 2023 09 30 at 3.17.36 PM 1

प्रहरीले उक्त परिमाणको लागुऔषध हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोला किनारमा जलाएर नष्ट गरेको हो।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img