देशबागमती प्रदेशमकवानपुरमा एक हजार ३९ केजी गाँजा जलाएर नष्ट गरियो!

मकवानपुरमा एक हजार ३९ केजी गाँजा जलाएर नष्ट गरियो!

spot_img

मकवानपुर: मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको एक हजार ३९ केजी लागुऔषध गाँजा शनिबार जलाएर नष्ट गरेको छ। प्रहरीले असोज १० गतेसम्म बरामद गरेको गाँजा, चरेस, नाइट्राभेटलगायतका लागुपदार्थ जलाएर नष्ट गरेको हो।

गत भदौ २७ गतेदेखि असोज १० गतेसम्म बरामद गरेको एक हजार ३९ केजी गाँजा, २०४ ग्राम चरेस, ३.७४० ग्राम खैरो हेरोइन र एक हजार ४१ ट्याब्लेट नाइट्राभेट जलाएर नष्ट गरिएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीकाले बताए ।

प्रहरीले उक्त परिमाणको लागुऔषध हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोला किनारमा जलाएर नष्ट गरेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img