Saturday, April 19, 2025
देशकोशी प्रदेशजिल्ला प्रसासन कार्यलय सुनसरीको नेतृत्वमा इटहरी बजार अनुगमन
spot_img

जिल्ला प्रसासन कार्यलय सुनसरीको नेतृत्वमा इटहरी बजार अनुगमन

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाइ र इटहरी उपमहानगरपालिका अनुगमन टोली इटहरीका मुख्य बजार अनुगमन गरेको छ ।

बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा इटहरीको संगित चोक , धरान लाईन , पुर्व लाइन लगायतका ठाउहरुमा बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ । अनुगमनका क्रममा केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो । इटहरीका ८ वटा वढी पसल र मासु पसल अनुगमन गरिएको थियोे ।

चाडपर्वको समयमा उपभोक्ताहरु नठगीउनु भनेर गरिएको खाद्यान्न तथा मासु पसलको अनुगमनका क्रममा एउटा मासु पसलमा बासी मासु भेटिएको र केही पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थहरु फेला परेपछि अनुगमन टोलीले नष्ट गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले जानकारी दिए ।

चार्डपर्व नजिकिएको समयमा मुल्य बढिलिने, म्याद गुज्रेको खाध्यन्न बेच्ने गरिएको लगायतका गुनासोहरु उपभोक्ताले गरिरहेको समयमा उद्योग बाणिज्य संघ समेतको सहभागीमा गरिएको अनुगमनमा तेस्तो नपाइएको अनुगमनमा सहभागी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका कर्मचारी , घरेलु तथा साना उद्योग कार्यालय इटहरीका अधिकृत हरिप्रसाद कोइराला , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img