सुनसरी / मोरङको कानेपोखरी गाउँपालिकाले सुकुम्बासी र अव्यवस्थित स्थानीय बासिन्दालाई सेवा दिन लागि पर्दै छ ।
राष्ट्रिय भुमी आयोग अन्तर्गत भुमिहिन दलित भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी स्थानिय सेवा केन्द्रबाट कानेपोखरी गाउँपालिकामा कसरी चाडाे सेवा दिने भन्ने विषयमा गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम तथा संयाेजकहरूको संयाेजकत्वमा सम्पुर्ण कर्मचारीसँग बैठक सम्पन्न भएको छ ।
सो बैठकले कार्यलाई थप सहज बनाउन ४ वटा टिम बनाई कर्मचारी बाडेर २ वटा वडामा बिहान देखि साझ सम्म खटाइने भएको छ । यस अघि वडा नं. ६ काे १६६ जना लाभग्राहीकाे काम सकेर धनीपुर्जा बाडने कार्य सम्पन्न भई सकेको छ । हाल कानेपोखरीको ६ र ४ नं. वडामा जग्गा नापजाँचको कार्य भईरहेकाे छ ।