Thursday, March 20, 2025
देशकोशी प्रदेशपत्नी हत्या आरोपमा विराटनगरका उपेन पक्राउ

पत्नी हत्या आरोपमा विराटनगरका उपेन पक्राउ

सुनसरी / विराटनगर महानगरपालिका – १९ धनपुराकी ३० वर्षीया जितनी सहनीको ह’त्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति उपेन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा ०८० असोज १३ गते पत्नीलाई खुकुरी गरी हत्या गरेको आरोपमा उपेनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताए ।

पत्नीलाई खुकुरी प्रहार गरी हत्या गरेर उपेन भागेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई असोज १९ गते विराटनगरबाट गिरफ्तार गरिएको डिएसपी दाहालले बताए ।

शवको पोष्टमार्टम असोज १४ गते कोशी अस्पतालमा गरिएको छ । पीडित पक्षले शव बुझी विराटनगर महानगरपालिका(८ स्थित सिङ्घीया घाटमा असोज १४ गते शवको सद्गत गरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img