Monday, March 17, 2025
देशकोशी प्रदेशघुस रकमसहित नापी कार्यालयका एक कर्मचारी र बिचौलिया अख्तियार इटहरीको नियन्त्रणमा

घुस रकमसहित नापी कार्यालयका एक कर्मचारी र बिचौलिया अख्तियार इटहरीको नियन्त्रणमा

सुनसरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकमसहित जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको टोलीले नापी कार्यालयका सर्भेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

भद्रपुर ७ स्थित एक फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी ल्याइएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img