सुनसरी / पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ ।
तराईबाट नजिक रहेको भेडेटारमा गर्मी मौसममा पनि चिसो हुने गर्छ । यहाँबाट तराईका विभिन्न फाँटबाट हिम शृङ्खला र पहाडको मनोरम दृश्य देखिन्छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको विशेष चहलपहल हुने गरेको छ ।
एक सातादेखि निरन्तरको वर्षाका कारण यो क्षेत्र समेत सुनसान भएको थियो । यद्यपि वर्षा रोकिएसँगै भेडेटारबाट देखिने सुन्दरता झन् लोभ लाग्दो बनेको छ ।
भेडेटारको महत्त्व ,पाथीभरा मन्दिर
सुनसरी र धनकुटा जिल्लाको सिमानामा रहेको भेडेटार पर्यटकिय,व्यवसायीक रुपमा परिचित जिल्ला मात्र नभएर यो संगम स्थल धार्मिक दृष्टिकोण बाट पनि पबित्र स्थल रहेको छ । भेडेटार बाट करिब २ किलो मिटरको दुरिमा रहेको पाथिभरा देबिको दर्शन गर्न हरेक समय यहाँ दर्शनार्थी आउने गर्छन ।
चिसो मौसम,रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ ।हर सिजनमा भरिभराउ यो स्थलको आफ्नै छुट्टै बिशेषता रहेको छ । बरिपरिका बाख्रा हराएपछी त्यस्को खोजी गर्ने क्रममा यहाँ माता अबस्थित रहेको थाहापाएपछि पुजापाठ गर्न थालेको किम्ब दन्ती रहेको छ ।
नाम्जे गाउँ
नाम्जे गाउँ समुद्र सतहबाट १७७० मिटर उचाइमा रहेको यो गाउँ भेडेटार बजारबाट साढे २ किलोमिटर टाढा पर्दछ । मगर जातिको ९७ प्रतिशत बस्ती रहेको यहाँ छुट्टै भाषा, संस्कृति र परम्परा रहेको छ । मगरहरूको मौलिक संस्कृति हुर्रा नाच नाचिने यस गाउँबाट उत्तरमा मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, सगरमाथालगायतका हिमालहरूको दृश्यसँगै दक्षिणमा तराईका धरान, इटहरी अनि सप्तकोशीको साथै क्षितिजमा सूर्यास्तको दृश्य आफ्नै आँखाले हेर्न सकिन्छ ।
सायोक यक (साँगुरी गढी)
सायोक यक (साँगुरी गढी) आठ अपुङ्गी लिम्बू राजा अर्थात् ऐतहाङ शासनको अन्त्यपछि थिवोङहाङ अर्थात् दश लिम्बूवान विजयपछि सायोक हाङले आफ्नो यक अर्थात् गढी राखेको स्थान नै सायोक यक अर्थात् साँगुरी गढी नामकरण भएको बुढापाका भन्छन् । यो स्थान लिम्बू जातिको सामरिक महत्वको स्थान हो ।
नमस्ते झरना भेडेटार
नमस्ते झरना भेडेटार बजारबाट ८ किमी उत्तर पूर्वमा धरान– धनकुटा मार्गमै पर्ने यो झरना सिङसिवा खोलाको शिर हो । जसलाई नमस्ते झरना नाम दिइएको छ । यो झरना करिब ८० मिटर माथिबाट खस्दछ । भेडेटार बजारबाट १५ मिनेटमा पुग्न सकिने यो झरना भरतीय पर्यटकहरूमाझ विशेष लोकप्रिय छ ।
भेडेटार भ्यु टावर (सैलुङ डाँडा )
भेडेटार भ्यु टावर (सैलुङ डाँडा ) भेडेटार बजारको पश्चिमतर्फकोे थुम्कोलाई सैलुङ डाँडा अर्थात् चाल्र्स प्वाइन्ट भनिन्छ । वि.स.२०३८ मा युरोपेली मुलुक बेलायतका युवराज चाल्र्सले सो थुम्को चढेको र बस्ने ठाउँ प्यारापिट समेत निर्माण गरिदिएका थिए ।
ध्वजेडाँडा
ध्वजेडाँडा साँगुरीगढी गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । यस डाँडाको उचाइ ७ हजार फिट छ जहाँबाट सूर्याेदयको अवलोकन गर्न सकिन्छ । डाँडाबजारको दृश्यका साथै तमोर नदीको नागबेली आकार र एशियाको ठूलो वरको रुखप नि यसै स्थानबाट देख्न सकिन्छ । यहाँबाट तराईका फाँटहरूको दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
ओख्रे भ्यु टावर धनकुटा
ओख्रे भ्यु टावर धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको वडा नं. ५ मा अवस्थित छ । भेडेटारबाट राजारानी सडक हुँदै पूर्वतिर ६ कि. मि. दूरी पार गरी यहाँ पुग्न सकिन्छ ।
राजारानी ताल
राजारानी ताल यो ताल समुद्र सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा रहेको छ । पूर्वाञ्चलको सबैभन्दा ठूलो र आकर्षक यो तालको स्रोत भित्रबाट उम्रिएको पानीको स्रोत हो । तालको बीचबीचमा कमलको फूल पनि फुलेको देख्न सकिन्छ । यस स्थानको रानीताल र राजातालको नाम शुरुमा लिम्बू भाषाबाट मावावरक र पावावरक थियो ।
विश्रान्ति मन्दिर
विश्रान्ति मन्दिर एक धार्मिक स्थल तथा वृद्धाश्रम हो । यस स्थानमा ५० भन्दा बढी वृद्धवृद्धा बसिरहेका छन् । उनीहरूको स्वास्थ्य उपचार तथा स्याहार सुसारको लागि विशेष व्यवस्था गरिएको छ । यो स्थानमा रहेको तमोर नदीको किनार र तमोर पुलको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एकैछिन भए पनि नभुलाई छाड्दैन । तमोर नदी किनारमा दाहसंस्कारको कार्य पनि हुने गर्दछ ।
थप जानकारीका समाचारहरू :
भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे
धनकुटाको तमोर नदि , र्याफटिङ क्षेत्र
भेडेटारमा अवस्थित पाथीभरा माताको मुर्ति
भेडेटारमा पर्यटकको चहलपहल बढ्यो