देशकोशी प्रदेशभेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे

भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे

सुनसरी / अँग्रेजी नयाँ वर्ष सन् २०२३ का अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ।

होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा पुस १८ गते सोमबारसम्म सञ्चालन हुनेछ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले १० अौँ महोत्सव आयोजना गर्न लागेको हो ।

कार्यक्रममा नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय र बाह्य पर्यटक आएका छन् । विशेष गरी भारतबाट पिकनिक मनाउन तथा रमाइलो गर्न हजारौँ पर्यटक भेडेटार आएका छन् ।

धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यस्थल हो । भेडेटारमा ग्रेगोरियन नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष फेस्टिभल आयोजना हुने गरेको छ।

भेडेटार आउने विदेशी पर्यटमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई लक्षित गरी भेडेटार लगायत पूर्वी नेपालमा आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो ।

छिनछिनमै मौसम परिवर्तन हुने विशेषता रहेको भेडेटारमा भारतीय पर्यटक देखिन थालेका छन् । धनकुटाको भेडेटार पूर्वी तराईका जिल्लाका आन्तरिक पर्यटक पनि आएका छन्।

महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुमाइनेछ।

भेडेटारबाट मौसम सफा हुँदा धरान देखिने गर्छ । मौसम सफा हुँदा त्यहाबाट मनमोहन स्थानको आँखै अगाडि देखिन्छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img