Friday, January 17, 2025
देशकोशी प्रदेशइटहरीमा चाडपर्व लक्षित गरेर थप २० जना प्रहरी परिचालन

इटहरीमा चाडपर्व लक्षित गरेर थप २० जना प्रहरी परिचालन

इटहरी: चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी चाडपर्वमा हुने आपराधिक घटना तथा विभिन्न विकृतिहरू नियन्त्रणको लागि आइतबारबाट विशेष सुरक्षा योजना लागु गरी सुरक्षाकर्मीहरू परिचालन गरेको हो ।

सुनसरीमा तीव्र रूपमा बढेको लागू औषध सेवन र चोरीका घटनालाई समेत नियन्त्रण गर्नका लागि सुनसरीको दुहबीमा रहेको सुरक्षा गणबाट थप २० जना प्रहरी समेत मगाएर परिचालन गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

विशेष सुरक्षा योजना अन्तर्गत, मोबाइल गस्ती, सफारी गस्ती, सिआर भि भ्यान र सादा पोषकमा समेत प्रहरी परिचालन गरिएको प्रहरीको भनाई छ ।

इटहरी क्षेत्रमा प्रहरीका १६ युनिटमा १४ वटा मोटरसाइकल र विभिन्न ६ वटा गाडी मार्फत गस्ती सुरु गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

itahari 2

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img