देशकोशी प्रदेशमहानवमीको दिन सुनसान भयो इटहरी

महानवमीको दिन सुनसान भयो इटहरी

सुनसरी / नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन इटहरीमा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै इटहरी सुनसान भएको छ ।

बडादसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएर सुनसरीका विभिन्न शहरका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा इटहरी सुनसान भएको हो ।

आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देखिएका छन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् ।

इटहरीमा मानिसहरुको खचाखच हुने न्युरोड हङकङ मार्केट , संगित चोक, पुर्व लाइन ,पश्चिम लाइन, विराटनगर लाइन लगायतका ठाउँहरुमा पसलहरु बन्द छन् । चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।

दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरी इटहरीले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img