सुनसरी / नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै भोजपुरका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ ।
आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो । कोशी प्रदेशका सुनसरी , धनकुटा, सुनसरी , भोजपुरमा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।
घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी मामाघर, ससुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो । आज धेरैले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा टीका लगाएका थिए । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।
आज टीका प्रसाद ग्रहण गर्न समितिले बिहान ११ : ०२ बजेको साइत निकालेको थियो । साइतमै टीका लगाउँदा देवीको विशेष शक्ति प्राप्त हुन्छ ।