भोजपुर: भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
दर्जीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



