देशबागमती प्रदेशमकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

spot_img

मकवानपुर: मकवानपुरको भिमफेदी गाउपालिका ६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौं सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आँउदै गरेको बागमती प्रदेश २०-०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार राज्य श्री थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौं महानगरपालिका २७ स्थित महाबौद्ध बस्ने ६२ बस्ने राज्य श्री थापा क्षेत्रीको उपचारको क्रममा हेटौँडा अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए भने स्कुटर चालक, उनको श्रीमान् ६५ बर्षिया शशिराज पाण्डेको हेटौँडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

स्कुटर सडकबाट अन्दाजी १०० मिटर भन्दा तल खसेको थियो ।   

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img