Wednesday, January 15, 2025
समाजदशैंमा खेलिने रोटेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा

दशैंमा खेलिने रोटेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा

भोजपुर/ दशैंमा खेलिने रोटेपिङ ,लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ । दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा रोटेलिङ्गे ,लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको हो ।

पहिलेको दशैं तिहार जस्ता चार्डमा प्रत्येक गाउँका टोल टोलमा पिङ थापिन्थ्यो । दशैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर, अहिले गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको भोजपुरका स्थानीय बताउँछन् ।

पुराना पुस्ताले थामेको पिङ र पौराणिक घरहरुको नयाँ पुस्ताले संरक्षण गर्न नसक्दा संस्कृति हराउँदै गएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका -८ का स्थानीय सुमन घिसिङले बताए । जिल्लाभर थापिने पिङहरु पछिल्लो समय घट्दै केही स्थानमा मात्र सीमित बन्न पुगेको छ ।

विशेष गरी बाँस गाडेर र रूखमा डोरी बाँधेर टोल-टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् ।

गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

झन् यस वर्ष कोभिड–१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनु अघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौं दर्जन रोटेपिङ, जाँतेपिङ र रोटेपिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो ।

विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।temke info

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img