देशकोशी प्रदेशसुनसरीमा राति १०:०० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

सुनसरीमा राति १०:०० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

सुनसरी : नेपालीहरूको महान चार्डपर्व तिहार लागे सगै यश वर्ष खेलिने देउसीभैल‍ो कार्यक्रम सुनसरी जिल्लाभर राति १०:०० बजेसम्म मात्र देउसि भैलो खेल्न पाइने भएको छ ।

यश वर्षको दीपावलीका अवसरमा खेलिने देउसीभैलो कार्यक्रम जिल्ला प्रशासन कार्यलय सुनसरीले आज एक सुचना जारी गर्दै देउसीभैलो खेल्ने कार्यक्रम राति १०:०० बजेसम्म सम्पन्न गर्न अनुरोध गरेको हो ।

कोराना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाएर मात्र देउसिभैलो खेल्न अनुरोध गरिएको जिल्ला प्रशासनका इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

तिहारका बेला पटाका, भुइचम्पा, आतिसबाजी , झिरझिरे जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग र बिक्रीवितरण र अोसार पसार नगर्न पनि जिल्ला प्रशासन कार्यलय सुनसरीले अनुरोध गरेको छ ।

धार्मिकस्थलहरूमा समेत जथाभावी भीडभाड नगर्न अनुरोध गर्दै प्रशासनले सुचना अटेर गरे नियमअनुसार कारबाहीको गरिने प्रष्ट पारेको छ । देउसी भ‌‌ैलो कार्यक्रमहरू सार्वजनिक यातायात र कसैको जीवनलाई असर नपर्ने गरि मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img