Monday, January 13, 2025
देशकोशी प्रदेशकोशी नामाङ्कन खारेजी आन्दोलनप्रति इटहरीमा संयुक्त ऐक्यबद्धता

कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति इटहरीमा संयुक्त ऐक्यबद्धता

सुनसरी / कोशी नामाङ्कन खारेजी आन्दोलनप्रति, नेपाल आदिवासी जनजाति महासंघ संयुक्त ऐक्यबद्धता सभा इटहरीमा गरेको ।

आदिवासी जनजातिको माग र आन्दोलनले स्थापित गरेको पहिचानको आन्दोलन र त्यसको अस्तित्वलाई वचाउने भन्दै आदिवासी जनजाती सघंले, कोशी नामाङ्कन खारेजी आन्दोलनप्रतिको आदिवासी जनजाती सघंले संयुक्त ऐक्यबद्धता जानाउदै लगभग ८०० सयको हाराहारीमा पहिचान बादीहरुको सहभागी रहेको कार्यक्रममा, जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्प पिडीतहरुका लागि राहात स्वरुप आर्थिक संकलन गरिएको छ ।

आदिवासी जनजाती सघं नेपाल आदिवासी जनजाति महासंघ सङ्घीय सचिवालय, नेपाल मगर संघ केन्द्रीय समिति, किरात राई यायोक्खा केन्द्रीय समिति, तमू ह्युल छोज धीं केन्द्रीय समिति, नेपाल तामाङ घेदुङ सङ्घीय समिति, नेपाल शेर्पा संघ केन्द्रीय समिति, नेवाः देय दबू केन्द्रीय समिति, थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, सुनुवार सेवा समाज सङ्घीय समिति, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, द्वारा ऐक्यबद्धता सभा (बृहत आमसभा)भएको छ ।

आफुहरुलाई राज्य सत्ताले सधै पछि पारिको विषयलाई चर्को रुपमा उठाएका छन् । २०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकको बहुमतले प्रदेशको नाम कोशी पारित गरेपछि, पदेश पुर्णरुपमा अशान्त बनेको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img