सुनसरी : हिजो बिहीबार इलामको देउमाई नगरपालिका माङ्सेबुङ गाउँपालिकाको दुई घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६७ लाख बराबरको क्षति भएको छ ।
देउमाई नगरपालिका- २ महभिरका चन्द्र प्रसाद पौडेलको घरमा आगलागी हुँदा ६१ लाख रूपियाँ बराबरको क्षति भएको प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी ) नवीनराज राई अनुसार पसल दुग्ध डेरि लगायता रहेको दुई तल्ले घरमा आगलागी भएको थियो ।
आगलागिबाट ढुंगा, माटो, काठ र टिनले बनेको दुई तले घर सहित नगद र सरसामान जलेर नष्ट हुँदा ६१ लाख ५ हजार ५सय बराबरको क्षती भएको छ । आगलागी हुँदा घरमा रहेको १० तोला सुन पाँच लाख नगद , पसलका सामग्री जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयले राति ९ बजे पछि आगो नियन्त्रण भएको छ ।
माङ्सेबुङ गाउँपालिका- २ भोटेडाँडामा रहेको अर्को एक घरमा आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ र आगलागीबाट घर र त्यहाँ रहेको पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



