Thursday, June 12, 2025
देशकोशी प्रदेशपौवादुङ्मा स्थित त्रिपुरेश्वर महादेवको विकासका लागि शिव महापुराण सुरू

पौवादुङ्मा स्थित त्रिपुरेश्वर महादेवको विकासका लागि शिव महापुराण सुरू

spot_img

सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवको प्रचार-प्रसार गर्न शिव महापुराण आयोजना गरिएको छ ।

पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेव तथा यहाँको झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिने महापुराणको आयोजना गरिएको हो । यहि मङ्सिर १५ गतेबाट २५ गतेसम्म सञ्चालन गर्ने महापुराणले धार्मिक तथा साँस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने उदेश्य पुराण आयोजना गरिएको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताए ।

-Ads-

पूर्वको पशुपति भनेर चिनिएको खोटाङ हलेसीको दोश्रो रुपको पहिचान बनाएको पौवादुङमा १ तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवको विकासँगै प्रचारप्रसारको लागि महापुराणको आयोजना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

धार्मिक पर्यटन विकास गर्दै यो स्थलको विकास तथा संरक्षणको लागि भागवद शिवमहापुराणले सहयोग पुग्ने मन्दिर संरक्षण समितिको भनाइ छ। विगतबाट चन्दा संकलनसँगै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम भइरहेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए।

यहाँ विभिन्न जातजातिको झाँकी प्रर्दशनसँगै कलाकारबाट भोजन गायन तथा साँस्कृति कार्यक्रमसमेत हुने जनाइएको छ । ४२ वर्षअघि अर्थात २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हसेलीको जस्तै गुफा भित्रका शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेश लगायत देवताको मुर्तीसँगै आश्चर्यजनक झाराली गुफासमेत रहेको छ ।

स्थानीय युवाहरु योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ती र दश फुटको त्रिशुल स्थापना गरिएको छ । चन्दा संकलनबाट नै मन्दिरसम्म पुग्नको लागि बाटो निर्माण गरिएको संरक्षणको अगुवाई गरि रहनु भएका युवा योगेस श्रेष्ठले जानकारी दिए । यहाँको विकासको लागि पौवादुङमा गाउँपालिका तथा वडाले पनि आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img