Thursday, December 12, 2024
देशकोशी प्रदेशलागूऔषध मुद्दामा फरार प्रतिवादी इटहरीकी सपनासहित दुई पक्राउ

लागूऔषध मुद्दामा फरार प्रतिवादी इटहरीकी सपनासहित दुई पक्राउ

इटहरी / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धाका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको २०७५/३/५ गतेको सजाय निर्धारण फैसला आदेशले दुई महिना २० दिन कैद र नगद ३ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार रहेका धरान उपमहानगरपालिका १३ का २६ वर्षीय आशिष गुरुङ रहेका छन् ।

यसैगरी सोही मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसलाले एक वर्ष ११ महिना १३ दिन कैद र नगद एक लाख रुपैयाँ जरिवाना भइ फरार रहेकी इटहरी उपमहानगरपालिका ४ की ४१ वर्षीया सपना सिंह रहेकी छन् ।

उनीहरूलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई सम्बन्धित जिल्ला आदालतहरूमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला कारगार पठाइएको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img