Wednesday, December 11, 2024
देशकोशी प्रदेशझापामा मोटरसाइकल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर

झापामा मोटरसाइकल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर

झापा: झापाको दुई स्थानमा भएको छुट्टाछुट्टै सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भद्रपुर नगरपालिका- ४ स्थित झिलिमिली पुल नजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

भद्रपुर–४ स्थित झिलिमिली पुलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०१–०१३प ९६०७ नम्बरको मोसाइकल पुलको साइडको पिलरमा ठोक्किंदा मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए ।

घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएकामा उपचारको क्रममा दाहालको मृत्यु भएको हो । मोरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००२ख ०१४९ यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको मे१प ७२४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका–८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई–५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका–७ का सागर माझी घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको जनाइएको छ ।

वनभोज खाएर फर्किँदै गरेको उक्त बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img