देशकोशी प्रदेशतरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन

तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन

spot_img

इटहरी: इटहरीको तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन गरिएको छ । आईतबारबाट इटहरी उपमहानगरपालिका वडा नम्बर २०को आयोजनामा दुई दिने उद्घोषण तथा भाषण कला तालिम सञ्चालन गरिएको हो ।

आफ्ना वडाका जातीय संस्था र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको क्षमता वृद्धि गर्नका लागि दुई दिने उद्घोषण तथा भाषण कला तालिम संचालन गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।

तालिममा सहभागीहरु । तस्बिर : सन्जिप तिम्सिना/ इन्फो नेपाल ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा वडा सदस्य तनुज गुरुङ, जिल्ला समन्वय समिति सदस्य कुमारी बि.क, सामाजिक विकास शाखा अधिकृत नेत्र न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

कृषि अनुसन्धान निर्देशनालय इटहरी २० तरहराको भवनमा नेपाल जेसीजका पुर्व राष्ट्रिय तालिम आयुक्त तथा राष्ट्रिय प्रशिक्षक सुनिल तिम्सिनाको प्रशिक्षणमा तालिम सुरु भएको हो ।


  • इटहरी २०को सूचना


 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img