Saturday, December 7, 2024
देशकोशी प्रदेशइटहरीमा पूर्वाधारका लागि गुणस्तर मापन र खाद्य ल्याव स्थापना

इटहरीमा पूर्वाधारका लागि गुणस्तर मापन र खाद्य ल्याव स्थापना

इटहरी: इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ ।

बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नागरिक सहायता कक्ष, भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन इटहरी उपमहानगरपालिका इटहरीका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् ।

उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला ल्याब पनि सञ्चालनमा ल्याएको छ । सडक निर्माण गर्दा अनिवार्य ल्याब परीक्षण गर्नु पर्ने व्यवस्था अनुसार पूर्वाधार गुणस्तर ल्याब सञ्चालनमा ल्याइएको इन्जिनियर राजेश दाहालले बताए ।

आफ्नो ल्याव परीक्षण प्रयोगशाला नहुँदा इटहरीभन्दा बाहिर लगेर परीक्षण गर्दा समय लाग्ने र विशेष गरी उपभोक्तालाई झन्झटिलो हुने गरेकोमा अब सहज भएको छ । यसै गरी, खाद्य तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि खाद्य परीक्षण प्रयोगशाला पनि सुरु गरिएको छ ।

खाद्य परीक्षण सञ्चालनमा आएसँगै बजार अनुगमन गर्दा कुनै पनि वस्तुमा कैफियत भेटिदा कति प्रतिशत कैफियत भएको भनेर मापन गरी कारबाही गर्न सहज हुने खाद्य अधिकृत नवकिशोर भट्टराईले बताए । उपमहानगरपालिका उपमेयर सङ्गीता चौधरीले खाद्य ल्याब सञ्चालनले आफू अनुगमन गर्दा आँखाले देखिनेबाहेक क्वालिटी र क्वान्टिटीलाई छुट्टाएर अनुगमनलाई थप सहज बनाउने बताइन् ।

इटहरी उपमहानपालिकाले सेवाग्राहीलाई सेवा दिनका लागि नागरिक साहयता कक्ष पनि स्थापना गरी सञ्चालन गर्न थालेको छ । यस साहयता कक्षमा सेवाग्राहीलाई राखेर तत्काल उनीहरूको गुनासाका आधारमा काम अगाडि बढाइने उपमहानगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए ।

उनका अनुसार साहयता कक्षमा उपमहानगरपालिकाका गतिविधि डिस्प्ले हुने, कुनै काम गर्न समस्या हुँदा त्यहीबाट कर्मचारीले सहजीकरण गर्ने अनि पर्खनु पर्दा चिया कफीको व्यवस्था समेत सेवाग्राहीका लागि गरिनेछ ।

यसैगरी, इन्धनबाट चल्ने सवारी साधनलाई इटहरी वडा नं.१७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई दुई वटा मोटरसाइकल हस्तान्तरण गरेका छन् । इन्जिनियरिङमा डिप्लोमा तह पुरा गरेका आदित्य आचार्य र रिसप गडतौलाले छ महिना लगाएर इन्धनबाट चल्ने सवारी साधनलाई मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेसँगै त्यसलाई पनि सार्वजनिक गरिएको छ ।

बधुबार सडक गुणस्तर ल्याव प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला, नागरिक साहयता कक्षको उद्घाटन र इन्धनबाट चल्ने सवारी साधन मोडिफाई गरी विद्युतीयमा रूपान्तरण गरेका सवारीलाई सार्वजनिक मेयर हेमकर्ण पौडेलले गरेका थिए । इटहरीको चौरस्ता चोकमा वैशाख महिनाभित्रै दुई वटा आकाशे पुलको पनि निर्माण पुरा गरी सक्ने पौडेलले बताए । उनका अनुसार इटहरीलाई व्यवस्थित सहरको रूपमा विकास गर्न गुरुयोजना पनि निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img