मकवानपुरबकैया गाउँपालिकाचिनियाँ नागरिकद्वारा नेपाली किशोरीमाथि हातपात

चिनियाँ नागरिकद्वारा नेपाली किशोरीमाथि हातपात

spot_img

मकवानपुर: मकवानपुरमा चिनियाँ नागरिकले एक नेपाली किशोरीमाथि हातपात गरेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–१२ भट्टेपाखामा रहेको चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी गाउँपालिका–१ की १८ वर्षीया किशोरीलाई फास्ट ट्र्याक निर्माणमा कार्यरत ५१ वर्षीय थान काई युनले हातपात गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मंगलबार बेलुका ७ बजेको समयमा किशोरीलाई हातपात गर्ने चिनियाँ नागरिकलाई स्थानीयले कुटपिट गरेर घाइते बनाएका थिए ।

घाइते चिनियाँ नागरिकको अर्थोपेडिक अस्पताल हेटौंडामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img