Thursday, December 5, 2024
देशकोशी प्रदेशहात्ती समस्याबारे इटहरीमा भयो छलफल

हात्ती समस्याबारे इटहरीमा भयो छलफल

सुनसरी – इटहरी क्षेत्रमा बढ्दो हात्ती समस्यालाई लिएर आइतबार नेपाली कांग्रेस सुनसरीले ‘समुदायमा कांग्रेस’ कार्यक्रम गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दा, राजनीतिक दलका नेता कार्यकर्ता र विज्ञहरूले हात्ती समस्या समाधानका लागि सरकारसँग माग राखे ।

कार्यक्रमका अवसरमा कांग्रेस नेताहरूले बस्तीमा पुगेर स्थानीयवासीको गुनासो सुनेका थिए। उनीहरूले हात्तीले बस्तीमा त्रास फैलाएको र रातभर सुत्न नपाउने अवस्था रहेको गुनासो गरे ।

जानकार अर्जुन कार्कीले हात्तीलाई जिस्काउन नहुने चेतावनी दिएका छन्। उनले हात्तीले २० वर्षसम्म पनि आफूलाई आक्रमण गर्नेलाई चिन्ने बताए ।

स्थानीयवासीको गुनासो सुनेर कांग्रेस नेताहरूले हात्ती समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताएका छन्। साथै सरकारसँग पनि माग राखे ।

पछिल्लो समय इटहरी क्षेत्रमा दुई दर्जन बढी हात्तीको बथान आउँदा मानव बस्ती रातभर जाग्राम बस्दै आएका छन् । खासगरी भारतबाट आएका जंगली हात्तीको बथान यतै रमाउँदा समस्या हुँदै आएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img