मोरङ – मोरङको कानेपोखरीमा शनिबार राति टाटा पिकअपको ठक्करबाट एक अनपहिचान महिलाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी-७ मा भएको दुर्घटनामा स्थानीय एक अन्दाजी ४०-४५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको सनाखत हुन सकेको छैन।
झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च ७३७७ नम्बरको पिकअपले पैदल यात्रा गरिरहेकी महिलालाई राति करिब ९:२० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाउत भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालक सोलुखुम्बुको नेचासल्यान-४ का ४५ वर्षीय मिलन कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।



