देशकोशी प्रदेशनौ सय बढीलाई वडाबाट नै सामाजिक सुरक्षा भत्ता बितरण

नौ सय बढीलाई वडाबाट नै सामाजिक सुरक्षा भत्ता बितरण

भोजपुर- भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वृद्धबृद्धा, एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालय मार्फत नै वितरण गरेपछि सेवा प्रवाह प्रभावकारी भएको छ ।

गाउँपालिकाले वडा तहमा संचालन गरेको सामाजिक सुरक्षा भत्ता शिविरमा नौ सय ३९ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । गाउँपालिका मार्फत चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकको सुरक्षा भत्ता शिविर वडा तहमा संचालन गरेर सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । शिविरसँगै जेष्ठ नागरिक, आपांग भएका व्यक्ति, एकल महिलाहरु लागि स्वास्थ्य परीक्षणको समेत ब्यवस्था मिलाईएको थियो ।

गाउँपालिका पुग्न नपरेर गाउँमै भत्ता बुझन पाउँदा आफुहरुलाई पनि खुशी लागेको वडा नम्वर १ का सेवाग्राही अमृत बहादुर तामाङले बताउनुभयो । उहाँ मात्र होइन वडामै भत्ता पाउँदा पालिका भित्रका ८ वटै वडाका सेवाग्राही नागरिकहरुलाई राहत मिलेको छ ।

सामाजिक सुरक्षा भत्ता बितरणको तथ्यांक अनुसार वडा नम्वर एक ओख्रेमा एक सय ५८ जना, वडा नम्वर दुई द्योदलेखानी एक सय नौ, वडा नम्वर तीन भुल्के एक सय ६६, वडा नम्वर चार दलगाउँ एक सय २९, वडा नम्वर पाँच मानेभञ्ज्याङ एक सय, वडा नम्वर ७ बासिखोरा एक सय ६० र वडा नम्वर ८ खोक्सिमा एक सय १७ जना गरी नौ सय ३९ जनालाई भत्ता बितरण भएको छ ।

एनआईसी एसिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गर्दे गरेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष थामबहादुर राई सबै वडामा पुगेका थिए । सेवाग्राहीलाई सहजता दिनका लागि शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img