भोजपुर- टेम्केमैयुङ गाउँपालिकाको १५औं गाउँसभा मंगलबार सम्पन्न भएको छ। ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मुल नाराका साथ गाउँसभा आयोजना गरिएको थियो।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष रमादेवी राईले तीन करोड तीन लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो। गाउँपालिकाका अनुसार प्राथमिकताका आधारमा बजेट तयार पारिएको हो।
गाउँसभामा गाउँपालिकाका सदस्यहरूले बजेटबारे आ-आफ्ना धारणा राखेका थिए। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार सीमित बजेटलाई आवश्यकता र प्राथमिकताका आधारमा बाँडफाँट गरिएको हो।
गाउँसभाले १८ वटा पूर्वाधार आयोजनाहरू प्रदेश तथा संघ सरकारमा बजेटका लागि पठाउने निर्णय गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलका अनुसार यी आयोजनाहरू छनौट भए पनि बजेट अभावमा कार्यान्वयन हुन सकेका थिएनन्।