देशकोशी प्रदेशथारू साहित्य राष्ट्रिय सम्मेलन गढीमा सुरु

थारू साहित्य राष्ट्रिय सम्मेलन गढीमा सुरु

सुनसरी- थारू साहित्य तथा इतिहास अभिलेखीकरणका लागि सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ।

गढी गाउँपालिकास्थित गढी बन सामुदायिक भवनमा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री भगवती चौधरीले गरेकी हुन्।

मन्त्री चौधरीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि आफू गम्भीर रहेको बताउँदै कला, संस्कृति र साहित्यको संरक्षणमा आफ्नो सहयोग र सहकार्य रहने बताईन्।

माघ २६ र २७ गतेसम्म दुई दिन चल्ने कार्यक्रम हौली परिवार मोरङ र थारू लेखक संघको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान र गढी गाउँपालिकाको सहकार्यमा सुरु भएको हो। कार्यक्रमको अध्यक्षता श्रवण कुमार सुतिहारले गरेका थिए ।

कार्यक्रममा थारू साहित्य पुरस्कारबाट राम सागर चौधरीलाई ३० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ भने सान्ती चौधरीलाई महिला शक्तिकरण पुरस्कारबाट सम्मानित गरिएको छ।
त्यस्तै कार्यक्रममा थारू राष्ट्रिय आयोगका सदस्य, गढी गाउँपालिका अध्यक्ष, रामधुनी नगरपालिका मेयर, नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति, पूर्व राज्यमन्त्रीको सहभागिता रहेको थियो।

पहिलो दिन थारु केन्द्रित विकास प्राथमिकता, मानक लेखन, साहित्य लेखन प्रशिक्षण, थारू गीत, लेख, पुस्तक र स्थानीय मुद्दामा छलफल भएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img