देशकोशी प्रदेशइनरुवाबाट १ करोड ९९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

इनरुवाबाट १ करोड ९९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुनसरी- सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ ।

नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरु बरामद गरिएको हो ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो । त्यसलगत्तै प्रहरीले स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति फरार बनेका छन् । रेग्मीका अनुसार बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img