Wednesday, January 15, 2025
देशकोशी प्रदेशपौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

इटहरी- भोजपुरको पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो वितरण थालेको हो ।

गाउँपालिकाले फुसको छानो हटाउने सम्वन्धि कार्यविधि तयार गरेर छानो हटाउने अभियानको थालनी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भटट्राईले जानकारी दिए । मंगलबार वडा नं १ श्यामशिलाका नागरिकलाई जस्तापाता वितरण गरेर अभियानको थालनी गरिएको उनले बताए । गाउँपालिका भित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिव, विपन्न, जेष्ठ, एक महिला तथा दलित परिवारको छानो हटाउन शुरु गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले यो आर्थिक वर्षमा रु. एक करोडको बोलपत्र आह्वान गरेर छुसको छानो हटाउन शुरु गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

नागरिकको सवैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि गाउँपालिकाले प्राथमिताका साथ फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटाइएकोले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । पहिलो चरणमा छ वटै वडाका ५०÷५० घर गरेर तीन सय परिवारलाई जस्तापाताको छानो वितरण हुने अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले जारी गरेको सूचनाका आधारमा यहाँ छ सय ९९ घरपरिवारको आवेदन परेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । आएका आवेदन मध्येबाट पहिलो चरणमा लक्षित परिवारको छानो फेर्नको लागि जस्तापाता दिइएको उनको भनाइ छ । आगामी आर्थिक वर्षभित्र सवै परिवारको फुसको छानो हटाउने लक्ष्य रहेको उपाध्यक्ष राईले बताइन् ।

गाउँपालिकाले एक रुपतासँगै आगालागी तथा अन्य विपतलाईसमेत ध्यानमा राखेर फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img